बिरगञज, कपडा बैंकले ११ सय ५० थान कपडा बिरगञज महानगरमा असहाय गरिबहरुलाई वितरण गरेको जनाइएको छ । वीरगन्ज कपडा बैंकले हिजो शुक्रबार पुस चार गते, वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको जनाएको छ । प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज वडा नं. ८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नया पुराना गरि करिब ११ सय ५० थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले बताएका छन् ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि को प्रमुख आतिथ्य तथा बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताको बिशिस्ट आतिथ्यमा सप्पन्न सो कार्यक्रममा अतिथिहरु नेपाल पत्रकार महासंघ पर्साका पुर्व उपाध्यक्ष युवराज खडका,अधिवक्ता बिनोद प्रसाद कुर्मी,अधिवक्ता आशुतोष तिवारी,समाजसेवी हुकुम सिंह , आइज नेपाल पर्सा कोषाध्यक्ष रुपशिला जैसवाल ,संस्थाका सल्लाहकार श्रवण बहादुर रायमाझी , सदस्यहरु निला कुमारी राम,जानकी देवि,सन्जय मण्डल ,नवराज भट्टराई ,केदार गुप्ता, अभिलाष गुप्ता,सुमित राज गुप्ता लगायत पत्रकारहरुको सहभागिता रहेको बताइन्छ ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ७ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरुमा आगलागी बाढी ,शितलहर ,चिसो याम जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सामाग्री सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छाैं । हामी सम्पुर्णले दिन दुखी असहायको सेवा सहयोगमा आफ्नो आम्दानिको ५ देखि १० प्रतिशत रकम खर्चिनु पर्ने बानी बसाली मानवता बलियो बनाउन आग्रह गर्नु भयो । सोही अवसरमा विशिष्ट अतिथी अधिवक्ता गुप्ताले हामी सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने भन्दै सम्पुर्ण लाई आआफ्नो ठाउबाट दिनदुखी असहायको सेवा सहयोग गर्न आग्रह गर्दै बैंकको नेक कार्यमा आफ्नो सक्दो सहयोग गर्न आग्रह गर्नु भएको छ ।
अध्यक्ष सिंहले बैंकको सुकार्य अभियानमा सहयोग गरि मानवता बलियो बनाउने सम्पुर्ण मानवताप्रेमी दाता, सुभेच्छुक , सल्लाहकार , पदाधिकारी सदस्यजन प्रती आभार ब्यक्त गरेका छन् ।


