
नेपाल मुस्लिम समाज संघ, पर्सा द्वारा हालै बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायका एक युवकको निर्मम हत्या भएको घटनाको घोर भर्त्सना गरेको मुस्लिम समाज संघ पर्साले जनाएको छ ।
हामी सबैले कुनै पनि धर्म, जात, लिङ्ग, पुरुष वा महिलाको निर्दोष व्यक्तिलाई मार्ने, यातना दिने वा उत्पीडन गर्नेको विरोध गर्नुपर्छ । विशेष गरी धर्मको नाममा हत्या गर्नेहरूलाई कडा निन्दा गर्नुपर्छ । चाहे त्यो भारतमा होस् वा बंगलादेशमा, धर्मको नाममा हत्या गर्नेहरूलाई कडा भन्दा कडा सजाय दिनुपर्छ ।
धर्म शताब्दीयौंदेखि छ तर हामी सबै धर्मको नाममा हिंसात्मक बन्दै गएको छौं। जब संसारका हरेक धर्मले अहिंसा र करुणा सिकाउँ छन् । हरेक धर्मले एकता सिकाउँछ, तब यी हिंसात्मक हत्याराहरूले कुन धर्म मान्छन् ?
हामी सबै किन यति हिंसात्मक बन्दै गएको छौं ?
हामीले यसको समीक्षा गर्नुपर्नेछ, कतै हामीले कुनै नेतालाई आफ्नो भगवान, अल्लाह जस्तो दर्जा दिन थालेका छौं, कतै हामीले कुनै पार्टीको घोषणापत्रलाई धर्मशास्त्र मान्न थालेका छौं, र कतै हामीले कुनै नेताको भाषणलाई भगवानको वचन मान्न थालेका छौं। हामीले यो सबैको समीक्षा गर्नुपर्नेछ ।
धर्मको नाममा एकअर्काप्रति सबैभन्दा बढी घृणा चार-पाँच देशहरूमा छ र हाम्रो देशमा पनि थोरै आई रहेको देखिन्छ ।
हाम्रा धर्महरू फरक छन् तर हाम्रा पुर्खाहरू एउटै रहेर बसेका थिए” त्यसैले हामी एकअर्कालाई घृणा नगराैंव । यदि कसैले गलत गर्छ भने हामी सबैले उसको विरोध गर्नेु पर्छ । हाम्रो देशका प्रहरी प्रशासन र हाम्रो कानूनले उसलाई सजाय दिनेछ । मलाई थाहा छैन हामीमा यति धेरै घृणा कहाँबाट आयो, र हामी सबै एकअर्काप्रतिको यो घृणा किन गरेको छाैं, हामी सबै मिलेर यसको विरुद्धमा हुनुपर्छ ।
एउटा जुट हुनुपर्छ । पर्सा मुस्लिम संघका अध्यक्ष महबुब अलि, उर्फ, शेरुको भनाईं रहेको छ ।


