



पर्साका बीरगंज महानगरपालिका वडा नं. ५ अन्तर्गत कुम्हालटोलस्थित रेल्वे रोडमा रहेको एक रक्सि पसलमा खाना पकाउने ग्यास बिस्फोट भएपछि भीषण आगलागी भएको जनाइएको छ। एक्कासि भएको ग्यास बिस्फोटसँगै आगो फैलिँदा आसपासका पसल र बस्तीमा समेतका मानिसहरुमा त्रास फैलिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार पसलभित्र राखिएको खाना पकाउने ग्यास अचानक बिस्फोट भएको बताउँछन् । बिस्फोटको आवाज टाढासम्म सुनिएको बताइएको छ।
सूचना पाएलगत्तै दमकल, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने लिएको जनाइएको छ ।
आगलागीबाट मानवीय क्षतिको विवरण भने आइनसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले ग्यास प्रयोगमा विशेष सावधानी अपनाउन सबैलाई आग्रह पनि गरेको छ।
पर्सा जिल्लाका बीरगञज महानगरपालिका वडा नं. ५ अन्तर्गत कुम्हालटोलस्थित रेल्वे रोडमा रहेको एक रक्सि पसलमा खाना पकाउने ग्यास अचानक बिस्फोट भएपछि भीषण आगलागी भएको जनाइएको छ। घटनाको जानकारी पाउनासाथ बीरगंज महानगरपालिकाका दमकल इन्चार्ज अमिरिलालको नेतृत्वमा दुईवटा दमकल, एउटा जेटिङ मेसिन र एउटा जेसीबीसहितको संयुक्त टोली तत्काल घटनास्थलमा पुगेर समयमै कारबाहीका कारण आगो नियन्त्रणमा ल्याई थप फैलिनबाट जोगाइएको जनाइएको छ । सुरक्षाकर्मीहरु पनि सूचना पाएलगत्तै जिल्ला प्रहरी पर्सा र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्सा तथा स्थानीयवासीहरुको सक्रिय र सहयोगमा आगो नियन्त्रणमा लिएन सफल भएको जनाएको छ ।


