प्रहरीले २१ गते फागुनमा तोकिएको निर्वाचन सुरक्षार्थमा एक लाख ४० हजार ‘निर्वाचन प्रहरी’ भर्ती गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको बताइएको छ ।
यो संख्या ०७९ को निर्वाचनको भन्दा चार हजारले धेरै रहेको बताइन्छ । त्यतिवेला एक लाख ३६ हजार ‘म्यादी प्रहरी’ भर्ना गरिएको बताइन्छ ।
यसपटक सुरक्षाको चुनौती बढेका र मतदान केन्द्र पनि थपिने भएकाले निर्वाचनमा प्रहरीको संख्या थप्नुपर्ने नेपाल प्रहरीको निचोड रहेको जनाइएको छ ।


