सप्तरी जिल्लाको ज्योति विकास बैंकका कर्मचारीलाई मोसो दल्ने र कर्मचारीलाई अभद्र व्यवहार गर्ने आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बैंकका कर्मचारीले दिएको जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ऋणसम्बन्धी विषयमा बुझ्न पुगेका बैंकका कर्मचारीमाथि बुधबार दुव्र्यवहार गरिएको थियो।
पक्राउ पर्ने व्यक्तिहरूमा उमाकान्त चौधरी र सन्जिप चौधरी रहेका छन्। सप्तकोसी नगरपालिका–७, ओद्राहास्थित सप्तकोसी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिले लिएको ऋणको विषयमा बुझ्न पुगेका बैंकका कर्मचारीमाथि बुधबार दुव्र्यवहार गरिएको थियो।प्राप्त जानकारीअनुसार उक्त फर्मले बैंकबाट साढे चार करोड रुपैयाँ ऋण लिएको थियो। ऋणसम्बन्धी विवरण तथा कागजातको अवस्था बुझ्न बैंकका कर्मचारी फार्ममा पुगेका बेला उनीहरूमाथि अभद्र व्यवहार, गालीगलौज तथा कुटपिटजस्ता आपत्तिजनक क्रियाकलाप भएको जनाइएको छ।घटनापछि पीडित कर्मचारीले प्रहरीमा जाहेरी दिएका थिए, जसको आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउँदै सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरेको सप्तरी प्रहरीका जनाएको छन् ।


