Sunday, May 31, 2026

कवईगोठ प्रहरी चाैकीका सई.मिश्राद्वारा पेस्तोलसहित गोली हरायो:-

ताजा / भरखरै प्राप्त

बारा जिल्ला कवईगोठ प्रहरी चाैकीका सई. मिश्राले पेस्तोलसहित गोली पनि हराएको छन् ।
प्रहरी नायव निरीक्षक मिश्रा गस्तीमा जाँदा पेस्तोल हराउने सईलाई कारबाही हुने र नहुने मधेश प्रदेश प्रहरी प्रमुखले गर्ने छन् । आफैंले बोकेको पेस्तोल हराएको पत्तो नपाउने नेपाल प्रहरीका एक जुनियर अधिकृतलाई कारबाही हुने भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गतमा पर्ने कवईगोठका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) संजीव मिश्रले चार दिनअघि सोमबार पेस्तोलसहित ७ राउन्ड गोली लोड गर्न मिल्ने अमेरिकी पेस्तोल बोकेर ड्युटीमा गएका उनले हराएको बताइएको छ ।
कवईगोठ चौकी सीमाक्षेत्रमा पर्दछ । मिश्रा सीमाक्षेत्रमा ड्युटीमा जाँदा आफैंले बोकेको पेस्तोल हराएका थिए । सोमबार हराएको पेस्तोल आज बिहीबारसम्म पनि पेस्तोल भेटिएको छैन ।
सई मिश्रले पेस्तोल हराएपछि मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको संयोजकत्वमा छानबिन समिति गठन बनाइएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles