Sunday, May 31, 2026

ट्राफिक प्रहरी पथलैयाद्वारा सडक दुर्घटना विरुद्ध युवा अभियान सञ्चालन:-

ताजा / भरखरै प्राप्त

मधेश प्रदेशभरिमा ट्राफिक प्रहरीले सडक दुर्घटनाविरुद्ध युवा अभियान सञ्चालन गरेको जनाएको छ ।

ट्राफिक प्रहरीले मधेसमा सडक दुर्घटनाविरुद्ध युवा अभियान थालेको जनाएको छ । र्‍याली र अन्तरक्रिया गरेर कार्यक्रम सुरु गरिएको महोत्तरी जिल्लाको बर्दिवासबाट प्रदेश स्तरीय अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका ट्राफिक प्रमुख बाबुराम कार्कीले जानकारी दिएका छन् ।

मधेशका ८ जिल्लामा सडक दुर्घटनामा घाइते र मृत्यु हुनेको संख्यामा १७ देखि ३० वर्षका युवाहरुको बढी भएको देखिएकाले यो कार्यक्रम युवा लक्षित रहेको ट्राफिक प्रहरीले बताउँछन् ।

यो अभियानअन्तर्गत तीव्र गति कम गराउन नियमित चेकजाँच,लागूपदार्थ तथा मादक पदार्थ सेवन जाँच, दुई पाङ्ग्रे सवारीसँग २ मिनेट सचेतना दिने अभियान, स्कुल र क्याम्पसका विद्यार्थीलाई सचेतना कक्षा, बोर्ड, स्टिकर टाँस गर्ने र सचेतनामूलक जिङ्गल बजाउने, सडकको अवस्था ठिकठाक राख्न पहल गर्ने गराउने लगायतका विविध कार्यक्रम यो अभियानमा पर्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक (एसपी)राजकुमार सिलवालले बताएका छन् ।

बुधबार बर्दिवासमा भएको अन्तरक्रियामा सडक दुर्घटना खराब सडक र प्रयोगकर्ताले गरिरहेको लापरबाहीबारे सहभागीले ट्राफिक प्रहरीलाई जानकरी दिँदै सडक सुरक्षा चुस्त बनाउन सबैमा अनुरोध पनि गरेको ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles