Sunday, May 31, 2026

सशस्त्र प्रहरीको गोलीले इ-रिक्सा चालक विजय साहको मृत्यु:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।
कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले केही सेल अश्रु ग्यास प्रहार भएको बताए । ‘स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार भएको हो ।
बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै थिए । घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । उनलाई दुई राउण्ड गोली लागेको छ ।
साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles