वीरगञ्ज, २९ पुस
पर्सा, प्रहरीले विशेष सूचनाको आधारमा पलागुऔषध गाँजासहित राम शुरेश सहनीलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छन् ।
जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक चोकस्थित सडकखण्डमा सवारी साधन तथा पैदल यात्रुहरूको नियमित चेकजाँच भइरहेकोमा सोही क्रममा प्रहरी चौकी गण्डका असई. यादवको कमान्डमा खटिएको प्रहरी टोलीले साइकलमा सवार एक व्यक्तिलाई शंकास्पद देखी रोकी जाँच गरेको र जाँचका क्रममा जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. २८ बगही बस्ने वर्ष ४५ का राम सुरेश सहनीले आफ्नो कम्मरभन्दा माथिल्लो भागमा आकासे रङको प्लास्टिकभित्र कालो रङको धागोले सिलाइ गरी सेतो टेपले बेरी लुकाइछिपाइ राखेको लागुऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको असई.बृकिसोर यादवले जानकारी दिएको छन् । प्लास्टिक बाहेक उक्त पदार्थको तौल गर्दा ४ केजी ५० ग्राम गाँजा रहेको पर्सा प्रहरीले जनाएको छन् ।
बरामद गरिएको लागुऔषध गाँजासहित राम सुरेश सहनीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको असई.यादवले जानकारी दिएको छन् ।
यस घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छन् । प्रहरीले लागुऔषधको ओसारपसार तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गर्ने जनाएको छ। साथै, यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनअनुसार कडा कारबाही गरिने पर्सा प्रहरी प्रमुख एसपीले स्पष्ट पारेको छन् ।


