नेपाल एसबिआई बैंक लुट्पाट गर्ने चार जना लुटेराहरु, चाउचाउ र रेडबुलको झोलासहित भाग्दाभाग्दै सिन्धुलिका प्रहरीले पक्राउ गरेको छन् ।

नेपाल एसबिआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । मंगलबार बेलुकी सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखाबाट ३ करोड ११ लाख रुपैयाँ लुटपाट गर्ने ४ जना पक्राउ परेका छन् । उनीहरुलाई भाग्दै गरेकोमा पक्राउ गरिएको सिन्धुलि प्रहरीले जनाएको छ ।
बैंक लुटेर भागेका लुटेराहरुले बैंकबाट लुटेको पैसा केही गाडीमै छोडेर भागेका थिए भने केही पैसा जंगलमा भेटिएको प्रहरीले जनाएको छन् ।

सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एस.बि.आई. बैंक शाखा कार्यालयमा लुटपाट भएको छ। पुस २९ गते साँझ करिब ७ बजे अपरिचित ९/१० जनाको समूहले बैंकमा प्रवेश गरी ड्युटीमा रहेका सुरक्षा गार्ड ४७ वर्षीय रुद्र बहादुर कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। लुटपाटका क्रममा उनीमाथि खुकुरी प्रहार गरी सामान्य घाइते बनाइएको थियो।

घटनापछि लुटेरा समूहले बैंकभित्र प्रवेश गरी नगद रकम लुटेर फरार भएको बताइएको छ,।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट प्रहरी निरीक्षक किरण थापा मगरको कमाण्डमा ७ जनाको टोली घटनास्थलमा खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा २७ जनाको प्रहरी टोली तथा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा ११ जनाको टोलीसमेत परिचालन गरिएको थियो, जिल्लाका सम्पूर्ण नाका तथा आसपासका क्षेत्रहरूमा सुरक्षाकर्मीहरुको जनशक्ति परिचालन गरी खोज अभियान सञ्चालन भएको थियो।


