Sunday, May 31, 2026

सिमलतालमा भेटिएको बसको अवशेष‘गणपति डिलक्स’भएको पुष्टि:-

ताजा / भरखरै प्राप्त

चितवन जिल्लाको भरतपुर-२९ सिमलतालस्थित डेढ वर्षअघि पहिरोमा बगेर त्रिशूली नदीमा हराएका दुई बसमध्ये एक गणपति डिलक्स रहेको पुष्टि भएको जनाइएको छ ।
४ दिनदेखि निरन्तर उत्खनन सशस्त्र प्रहरी बल नेपालको टोली र नेपाल प्रहरीको टोलीले सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको जनाइएको छ ।
२०८१ असार २८ गते बिहानपख काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । दुर्घटनामा परेकामध्ये केहीको मात्रै शव फेला परेको थियो ।त्यसपछि आइतबार बिहान बसको अवशेष फेला परेपछि उत्खननको सुरु गरिएको थियो । खोजी कार्यमा खटिएका प्रहरीका अनुसार उत्खनन् गर्दा गणपति डिलक्स लेखिएको भाग फेला परेको छ ।
बाटो नभएका कारण जेसिबी जान नसकेर प्रहरी र नेपाली सेनाले नै उत्खनन गरिरहेका छन् । जसकारण उत्खनन कार्यका ढिलाई भइरहेको चितन प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles