Sunday, May 31, 2026

मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरमा सम्पन्न:-

ताजा / भरखरै प्राप्त

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी जनकपुरमा सम्पन्न भएको छ । यो गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेपाल प्रहरी प्रमुख , सशस्त्र प्रहरी प्रमुख , नेपाली सेनाका महारथी तथा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र संघीय मन्त्रालय अन्तर्गतको गृह मन्त्रालयका गृह सचिव राजकुमार श्रेष्ठ, सहासचिव आनन्द काफ्ले र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

गोष्ठीमा प्रदेशका ८ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट जिल्लागत सुरक्षा अवस्था र आसन्न निर्वाचनका लागि सुरक्षा रणनीति र अवस्थाबारे विस्तृत रुपमा छलफल गरिएको जनाइएको छ ।
गृहमन्त्री अर्यालले सरकार देशमा सुरक्षा र शान्ति कायम गर्न कटिबद्ध रहेको जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles