Sunday, May 31, 2026

सिन्धुलीमा एसबीआई बैंक लुटपाट काण्ड गाडीसहित एक जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

समाचार (लामो)
सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको नेपाल एसबीआई बैंकमा भएको लुटपाट घटनामा संलग्न एक जना व्यक्तिलाई प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको छ ।
लुटपाटपछि फरार रहेका ती व्यक्ति घटनामा प्रयोग गरिएको सवारी साधनसहित पक्राउ परेको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बैंक लुटपाटको सूचना प्राप्त हुनासाथ व्यापक खोजतलास सुरु गरिएको थियो। सोही क्रममा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले सवारी साधन रोकी चेकजाँच गर्दा लुटपाटमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्तिबाट घटनासँग सम्बन्धित विभिन्न प्रमाणसमेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको र लुटिएको रकम तथा सामग्रीको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
साथै पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
उक्त घटनापछि स्थानीयवासीमा त्रास फैलिएको भए पनि सुरक्षा व्यवस्था कडा बनाइएको र यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सतर्क रहेको जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles