नेपाल प्रहरी प्रमुख (आइजीपी) दानबहादुर कार्कीद्वारा आश्रम अवलोकन भ्रमण साथै दिउँसोको खाजा र अति आवश्यक खाद्यान्न सामग्री योगदान गरिएको जनाइएको छ ।


आज २०८२ माघ १ गते, पर्सा जिल्लाका वीरगंज वडा नं. २५ सिरिसियामा रहेको मानव सेवा आश्रम वीरगञ्ज शाखामा नेपाल प्रहरी प्रमुख नेपाल प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की, मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया, पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले मानव सेवा आश्रममा आश्रित आमाबुवाहरूको लागि आज माघ एक गते, दिउँसोको खाजा सेवा साथै अति आवश्यक खाद्यान्न सामग्री र नगद १० हजार योगदान गर्नुभएको छन् ।

यस कार्यक्रममा सहभागी रहेको मानवसेवा आश्रमको अभिभावक प्रकाश थारु, कमल चौघाई, डा. निरज सिंह, डाक्टर प्रिति यादव, मौसमी श्रेष्ठ, आश्रमका स्वयंसेवक भाइहरू ओमकुमार झा, सोनु चौरसिया, पियुष कानु, सुजित गुप्ता, प्रधुमन सराफज्यू, पवन कलवार, र आर्यन गुप्ताको उपस्थिति रहेको जनाइएको छ ।


आइजीपी दानबहादुर कार्कीज्यूले बोल्दै मानव सेवा आश्रमले गरेको कार्य अति नै सराहनीय रहेको साथै नेपाल प्रहरीले एकजना प्रहरी चौबिसै घण्टा आश्रममा रहने गरी पठाएको र आउने दिनमा नेपाल प्रहरीको तर्फबाट हुनसक्ने सहयोग र साथ सदैव रहने कुरा जानकारी गराउनुभएको छन् ।


