Sunday, May 31, 2026

३० हजार ४६६ निर्वाचन प्रहरीभर्ना निर्वाचनको तयारी डिआईजी थपलिया:-

ताजा / भरखरै प्राप्त

२१ फागुनमा हुने तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको मधेस प्रदेश प्रहरी प्रमुख थपलियाले जनाएको छन् ।
निर्वाचनका लागि सबैभन्दा पहिलो प्राथमिकतामा रहेको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सरकारले निर्वाचन प्रहरी भर्ना थालेको छ । देशभरमा जम्मा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया पुस २५ गतेदेखि नै सुरु भइसकेको जनाइएको छ ।
मधेश प्रदेशमा पनि निर्वाचन प्रहरीको भर्ना सुरु गरिएको जनाइएको छ ।

मधेश प्रदेशका प्रहरी प्रमुख नेपाल प्रहरीका (डिआईजी) गोबिन्द थपलियाका अनुसार मधेश प्रदेशमा ३० हजार ४६६ जना निर्वाचन प्रहरी भर्ना गरिने जनाएको छन् ।

जसमध्ये धनुषामा सबैभन्दा बढी ४ हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने छ, भने सप्तरी जिल्लामा ४ हजार २२२, बारा जिल्लामा ४ हजार ३४, महोत्तरी जिल्लामा ३ हजार ९१२ सर्लाही जिल्लामा ३ हजार ९२६, रौतहट जिल्लामा ३ हजार ८५१, सिरहा जिल्लामा ३ हजार ७५७ र पर्सा जिल्लामा २ हजार ८५२ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको डिआइजीले जानकारी दिएको छन् ।

भर्ना सुरु भएको पहिलो तीन दिनमै आठवटै जिल्लाबाट १७ हजार ६ सय १० जनाले निर्वाचन प्रहरीमा भर्नाका लागि आवेदन दिएको डिआईजी थपलियाले जानकारी दिएका छन् । प्रत्येक दिन आवेदन दिनेको संख्या बढ्दै गएको उनको भनाई रहेको छ ।
उनका अनुसार आवेदन दिनेको संख्या आवश्यक भन्दा बढी हुन जाने भएपनि निश्चित मापदण्ड पूरा गर्नेहरुको मात्र भर्ना गरिनेछ । आवेदन दिने व्यक्तिको सीआरएस चेक, मेडिकल चेक र शारीरिक दुरुस्तता चेक भएर सबैमा पास हुनेहरुले मात्र नियुक्ति पाउने डिआजी थपलियाले बताएको हो ।

धनुषामा पहिलो तीन दिनमै माग भन्दा बढी आवेदन आएको उनले बताएको छन् । दैनिक २ हजार जतिको नयाँ आवेदन दिनेहरु आइरहेको उनले जानकारी दिएको हो । आवेदन दिनेहरुमा अधिकांश पुरुष रहेको उनले बताएको छन् ।

निर्वाचन प्रहरीले नेपाल सरकारले तोके बमोजिम ४० दिनको तलब भक्ता र काम गर्ने क्रममा प्रयोग गर्न दिइएको पोशाक, लाठी लगायतका सामानहरु पनि पाउने मधेस प्रदेश प्रहरी प्रमुख (डिआईजी) थपलियाले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles