कान्तिपथमा तनाव निर्वाचन आयोग गेटमा
नेपाली कांग्रेसका गगन पक्ष र देउवा पक्षको नाराबाजी,निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा ।





नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै यति बेला संस्थापन पक्ष र विशेष महाधिवेशनबाट आएका पदाधिकारीहरू निर्वाचन आयोगमा छन्। आयोग परिसरमा कांग्रेस संस्थापन पक्षका नेता–कार्यकर्ताले धर्नासमेत दिएका छन्। भीड बढेपछि सुरक्षाकर्मीको तैनाथी पनि बढाइएको जनाइएको छ ।


