नेपाल प्रहरी महानिरीक्षक (आईजीपी)दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।
आज मिति २०८२,१०,२९ , गते, नेपाल प्रहरी संगठनका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनाइएको छ ।उक्त अवसरमा नेपाल पुलिस स्टाफ कलेज तथा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यको प्रमुख अतिथि लगायत समारोहमा उपस्थित सम्पूर्ण विशिष्ट अतिथि, अतिथि महानुभावहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परिवारको तर्फबाट हार्दिक स्वागत गर्दै बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएका छन् ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्रशिक्षण केन्द्रले उत्पादन गरेका जनशक्तिको कार्यसम्पादन शैली नै नेपाल प्रहरीको वास्तविक ऐना हुने भएकाले संगठनको गरिमामय ईतिहासलाई अझै दर्बिलो खम्बा बनि माथि उठाउन सक्ने जनशक्तिको निर्माणमा यो प्रशिक्षण केन्द्र सँधै लागिरहनेछ, भन्ने कुरा समेत व्यक्त गर्नुभएका छन् ।

कार्यक्रमका प्रमुख अतिथिले यस अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानवाट प्रकाशित बार्षिक पुस्तक “प्रेरणा-२०८२” को लोकार्पण गर्नुका साथै नेपाल प्रहरीको बार्षिक तालिम क्यालेण्डर अनुसारका प्रशिक्षण गतिविधिलाई व्यवस्थित तथा प्रभावकारी रुपमा सञ्चालन गरी व्यावसायिक एवम् दक्ष जनशक्ति उत्पादन गर्ने उत्कृष्ट प्रशिक्षण प्रदायक संस्थालाई यसै वर्षबाट सुरुवात गरिएको प्रथम रनिङ ट्रफिबाट सर्वोत्कृष्ट प्रहरी तालिम केन्द्रको रुपमा छनौट भई नेपाल प्रहरी शिक्षालय, भरतपुरका समादेशक प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) तारा देवि थापा र सर्वोद्वितृय हुन सफल लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) सन्तोष सिंह राठोलाई प्रशंसा-पत्र वितरण गर्नु भएको थियो ।

यसैगरी प्रमुख अतिथिबाट प्रतिष्ठानलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्र, प्रहरी कर्मचारीहरुलाई पुरस्कार एवं प्रशंसा पत्र तथा प्रशिक्षण केन्द्र लगायत नेपाल प्रहरीका बिभिन्न प्रहरी ईकाईहरुमा लामो समय सेवा गरी दक्ष जनशक्तिको उत्पादन तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमस अवकास प्राप्त प्रहरी निरीक्षक ठागा बहादुर चौधरीलाई Life Time Achievement Award द्वारा सम्मान गर्नु भएका छन् ।

प्रमुख अतिथिवाट मन्तव्य राख्ने क्रममा बिद्यमान चुनौतिहरुको सामना गर्न सक्ने दक्ष एवं व्यवसायिक प्रहरी जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रहरुको भुमिका महत्वपूर्ण हुने भएकाले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्न सक्ने दक्ष र योग्य मानवस्रोतको उत्पादन तर्फ प्रशिक्षण केन्द्रहरु सदैव संवेदनशिल हुन जरुरी रहेको कुरा बताउनु भएको छ ।

नागरिक प्रति उत्तरदायी, मानवअधिकार प्रति संबेदनशिल, निष्पक्ष, व्यवसायिक एवं कानूनी राज्यको अवधारणा प्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरी बीचको सम्बन्धलाई थप उचाईमा पुर्याउन सम्भब हुने भएकाले प्रशिक्षण केन्द्रहरुले सदैव संवेदनशिल भई आधुनिक प्रशिक्षण बिधिका आयामहरुलाई अंगिकार गर्दै प्रभावकारी रुपमा प्रशिक्षण गतिविधि सञ्चालन गर्न आवश्यक निर्देशन दिनुहुँदै बार्षिकोत्सवको अवसरमा प्रतिष्ठानलाई शुभकामना समेत व्यक्त गर्नु भएका छन् ।
त्यस्तै धन्यवाद मन्तव्य राख्ने क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले हरेक प्रहरी अधिकृतहरुको व्यावसायिक जीवनको उद्गमस्थल तथा पहिलो पाठ्शालाको रुपमा रहेको यस ऐतिहासिक स्थलले नेपाल प्रहरीका कर्मचारीको व्यक्तित्व र व्यावसायिकता निर्माण गर्दै सदैव नागरिक सेवामा समर्पित रहिरहन प्रेरणा प्रदान गरिरहेको कुरा उल्लेख गर्नुभएका छन् । बिद्याको मन्दिरको रुपमा रहेको यस प्रतिष्ठानको बसाई, भोगाई र सिकाईले प्रत्येक प्रहरी अधिकृतलाई पाईला-पाईलामा प्रशस्त मार्गनिर्देशन गर्नुका साथै पेशागत रुपमा दत्तचित्त भई अगाडी बढीरहन सदैव प्रेरित गरिरहेको कुरा बताउनु भएको छ । साथै मन्तव्यका क्रममा प्रमुख अतिथिज्यू, बिशिष्ट अतिथी, आमन्त्रित अतिथिज्यूहरु लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै बार्षिकोत्सवलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग, समन्वय तथा सहकार्य गर्नुहुने सम्पूर्णलाई कृतज्ञता व्यक्त गर्नु भएका छन् ।


