Wednesday, April 15, 2026

नेकपा उम्मेदवार मनोज चौधरी बमसहित पर्सा प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

बमसहित नेपाली कम्युनिस्ट पार्टी पर्सा क्षेत्र २ का उम्मेदवार मनोज चौधरी पर्सा प्रहरीद्वारा पक्राउ परेका छन् ।

पर्सा जिल्लाको पर्सागढी नगरपालिका बढनिहारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरी सवार गाडीमा बम फेला परेको हुनाले उनलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताउनुभयाे । बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी चाैधरीलाई सार्वजनिक गरिएको हो । आयोजित पत्रकार सम्मेलन प्रहरी प्रमुख पाठकले उम्मेदवार चौधरी राति हिँडेको गाडीमा होक्सी बम भेटिएको बताउनुभयाे।

चौधरी सवार गाडीमा यसरी शङ्कास्पद वस्तु बम भेटियो, हामीले बिहान सेनामार्फत डिस्पोज पनि गराइसकेका छौ, उहाँले भन्नुभयाे। चौधरीसहित उनी सवार गाडीमा अन्य तीनजनालाई समेत नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।
थप, अनुसन्धान चलिरहेकोले उनीहरूको अरू विवरण गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ।

उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ। चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर , सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन मुद्दा अन्तर्गत अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles