पर्सा जिल्लाका वीरगञ्ज महानगरपालिका–५ मा आज बिहीबार बिहान ७ बजे देखि मतदान सुरु छ ।
निर्वाचन आयोगले तोकेको समयअनुसार मतदान प्रक्रिया सुरु भएसँगै स्थानीय मतदाताहरू उत्साहका साथ आफ्नो मताधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगिरहेका छन्। महिला, पुरुष तथा ज्येष्ठ नागरिकहरू समेत लाइनमा बसेर मतदान गर्न प्रतीक्षा गरिरहेको देखिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन मतदानस्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको देखिन्छ । मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाली सेना, तथा अन्य सुरक्षा निकायको परिचालन गरिएको छ।
निर्वाचन अधिकृत तथा आयोगका प्रतिनिधिहरूले मतदान प्रक्रिया निर्धारित नियमअनुसार सञ्चालन भइरहेको जानकारी दिएका छन् ।
स्थानीय प्रशासनका अनुसार हालसम्म मतदान कार्य शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ र कुनै अप्रिय घटना भएको सूचना प्राप्त भएको छैन।
निर्वाचन सम्पन्न नभएसम्म सुरक्षा व्यवस्था थप कडा बनाइने प्रहरी प्रशासनले जनाएको छ।


