Wednesday, April 15, 2026

पर्सामा प्रहरी जवान चाैरसीयाको हत्या पर्सा प्रहरीद्वारा ४ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

फोन गरेर कोठामै बोलाएपछि भेट्न गएका प्रहरी जवान प्रेमिकाका श्रीमानबाट नै, मारिएका छन् । श्रीमतीको अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि आक्रोशित थिए सन्तोष शाह ।

वीरगन्जमा विवाहेत्तर सम्बन्धका कारण प्रहरीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत पर्साको कालिकामाई गाउँपालिका १ मुडली निवासी २८ वर्षीय विकास चौरसियाको आइतबार राति वीरगन्ज महानगरपालिका वडा नम्बर ९ श्रीपुर स्थित एक घरमा हत्या भएको जनाइएको छ ।
प्रहरी जवान चौरसियाको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि स्थानीय फिरोज मियाँको घरमा डेरा लिएर बस्दै आएका रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर १ दिपहीका २६ वर्षीय सन्तोष साह र उनकी श्रीमती २४ वर्षीया सोनी कुमारी साहको कोठामा चौरसिया पुगेका थिए। सोही समय उनको हत्या भएको प्रहरीको भनाइ रहेको छ।

घटनामा संलग्न रहेका आरोपमा सन्तोष साह, उनकी श्रीमती सोनी कुमारी, बाराको महागढी नगरपालिका वडा नम्बर ७ का १९ वर्षीय विशाल साह तथा भारतको उत्तरप्रदेश अलीगढका २१ वर्षीय ओमवीर प्रजापतिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुले संयुक्तरुपमा मिलेर चौरसियाको हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीको दाबी रहेको छ। हत्या आरोपी सबैलाई नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले चौरसिया र सोनी कुमारी बीच अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि सन्तोषले पत्नीलाई फोन गर्न लगाएर चौरसियालाई कोठामा बोलाएका थिए ।चौरसिया कोठामा पुगेपछि चारै जना मिलेर टाउकोमा रड प्रहार गरी हत्या गरेका बताएका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पाठकले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles