Wednesday, May 6, 2026

लागु औषध नियन्त्रण अभियान: पर्सामा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न :-

ताजा / भरखरै प्राप्त

पर्सा, २२ बैशाख — मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा सञ्चालन गरिएको “लागु औषध सेवनकर्ता खोजी तथा सुधार अभियान २०८३” अन्तर्गत पहिलो चरणको तयारीस्वरूप पर्सामा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


जिल्ला प्रशासन कार्यालय, पर्सामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षता रहेको थियो। कार्यक्रममा स्थानीय तहका प्रमुख/अध्यक्ष, सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो।


अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले समन्वय, सहकार्य र आगामी रणनीतिबारे छलफल गरिएको जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles