पर्सा प्रहरीले सवारी मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना मानिसलाई पर्साबाट पक्राउ
गरेको छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१७ का ६५ वर्षीय छठु साह तेली र वडा नम्बर २५ का ४० वर्षीय चन्दु राउत
कुर्मी छन् ।
तेलीविरुद्ध ०६४ बैशाख १४ गते कलावतीदेवी सोनारीनले उजुरी
दिएकी थिइन् ।
तत्कालीन समयमा तेलीले चलाएको ना.१ ह ९०७ नम्बरको टेम्पोले ठक्कर दिई राजेन्द्र साह सोनारको मत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले
जनाएको छ ।
उनलाई माघ २७ गते पक्राउ गरी सवारी ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छन् ।
त्यस्तै आदेशप्रसाद कुर्मीको जाहेरीका आधारमा कुर्मी पक्राउ परेका हुन् ।
उनले चलाएको ना.३ प ९७१८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ०६४ माघ ३ गते होरिल राउत कुर्मीको मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनापश्चात फरार रहेका उनलाई माई २८ गते पक्राउ परी सवारी ज्यान मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी (डीएसपी) किशोर लम्सालले जानकारी दिनु
भएको छन् ।