Wednesday, April 29, 2026

बारा प्रहरीद्वारा ठूलो मात्रामा गाँजासहित ४ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

बारामा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा सहित ४ जनालाई पक्राउ गरेका छन् । बाराको आदर्शकोतवाल गाँउपालिका वडा नंबर ३ बतारा स्थित खेतमा पार्किङ गरि राखेको प्र. २-०३-००१ त ४८७६ नम्बरको ट्याक्टरबाट २२५ केजी गाँजासहित ४ जनालाई बाराका प्रहरीले पक्राउ गरेको हाे । ईलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको प्रहरीको टोलीले १५ वटा कार्टुनमा रहेको २२५ केजी गाँजासहित ४ जना मानिसलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्याक्टर चालक बाराकाे आदर्श कोतवाल गाउँपालिका वडा नंबर ३ बताराका ३० वर्षीय नन्दकिशोर”मुखियाबिनलाई पक्राउ गरेपछि उनीसंग सोधपुछको क्रममा थप ३ जना उक्त कार्यमा संलग्न रहेको बाराका प्रहरीले बताएको छ । बारा प्रहरीले बाराको कोल्हवीस्थित रोज उड होटलबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका- ४ बस्ने २१ वर्षीय कमान प्रजा, मकवानपुरकै कैलास गाउँपालिका-४ का २४ वर्षीय सिताराम प्रजा र मकवानपुरकै बकैया गाँउपालिका- ५ का २२ वर्षीय नवराज मगरलाई पक्राउ गरेको प्रहरीले जनाएका छन् । पक्राउ परेकाहरुविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles