सिरहा जिल्लाका प्रहरीले गोलबजारबाट दुई थान भरुवा बन्दुक बरामद गरेको सिरहा प्रहरीले बताउँछन् । प्रहरीले विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले सिरहा जिल्लाको गोलबजार नगपालिका १० अवासनगर डण्डाबाट दुई थान भरुवा बन्दुक प्रहरीले बरामद गरेका छन् ।
केही मानिस बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सुरक्षाकर्मीलाई देखेर बन्दुक फालेर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानले जानकारी दिएका छन् ।


