


आज गणतन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री तथा मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा वर्णन गर्नुभयो। उहाँले जनताको सार्वभौमिकता, लोकतन्त्र, स्वतन्त्रता र प्रगतिप्रति हाम्रो साझा प्रतिबद्धतालाई यसले अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभका छन् ।


