Tuesday, April 28, 2026

गणतन्त्रमा सार्वजनिक निगरानी र सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएकोछ,प्रधानमन्त्री:

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमा सार्वजनिक निगरानी र सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाएको बताएका छन्। आज,बिहीबार टुँडिखेलमा आयोजित गणतन्त्र दिवस २०८२ को विशेष समारोहमा सम्बोधन गर्दै उनले यसको लागी राजावादीहरुले गतल तरिकाले उठाउन खाजेको आरोप लगाएका छन् ।

सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरंकुशतन्त्रमा गुपचुप हुने अपराध र भ्रष्टाचारउपर गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको छ,’ ओलीले भने, ‘यसको लाभ लिएर निरंकुशतावादीहरुले हिजोको अंध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुस्प्रयास गरिरहेका छन्।’
आजको पुस्ताले राजतन्त्रका बेला विचार र समाचारमा प्रतिबन्ध लागेका सञ्चार माध्यम र बन्द रहेका टेलिफोन तथा मोवाइलहरुको कथा मात्रै सुनेको टिप्पणी उनको छ। ‘देशमा गणतन्त्रको बिहानी नहुँदासम्म वितेको कठोर कालो रात सम्भवतः आजको नवोदित पुस्ताको प्रत्यक्ष स्मृतिमा छैन,’ ओलीको भनाइ छ, ‘जायज होउन् वा नाजायज– आफ्ना मत र आग्रहहरुलाई सामाजिक सञ्जालमा निर्वाध व्यक्त गरिरहेको आजको पुस्ताले विचार र समाचारमा प्रतिबन्ध लागेका सञ्चार माध्यम र बन्द रहेका टेलिफोन तथा मोवाइलहरुको कथा मात्रै सुनेको हुनुपर्छ। त्यसबेला हुकुमी आदेश तामेली मात्रै गर्न अभिशप्त समाज आज निर्वाध रुपमा आफ्नो मत व्यक्त गर्न र राज्य सञ्चालनका कुनै पनि घटनालाई ‘जज’ गर्न पाउने ठाउँमा उभिएको छ।’

पहिले हुकुमी निगाहले स्थानीय जनतप्रतिनिधिस तोकिने गरेकोमा अहिले जनताले आफै चुन्ने गरेको समेत प्रधानमन्त्री ओलीको भनाइ छ। उनले भनेका छन्, ‘हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरु तोक्ने प्रणालीको ठाउँमा आज जनता आफैले मतदान गरेर, वडाका सदस्यादेखि देशको राष्ट्रपतिसम्म समावेशी रुपमा विभिन्न जात/जाति र समुदायका कम्तिमा ३६ हजार ५७ प्रतिनिधिहरु चुन्छन्।’
सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles