Monday, February 2, 2026

सशस्त्र प्रहरी पर्साद्वारा ६१५ लिटर घरेलु मदिरा बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी पर्साको कडाप्रहार पर्साका बिरगंजमा सशस्त्र प्रहरीले ६१५ लिटर घरेलु मदिरा सहित ई–रिक्सा पनि बरामद गरेको छ । एक वर्षअघिदेखि ई- रिक्साको माध्यमबाट रक्सीको काम गर्दै आएका बल्लतल्ल सशस्त्र प्रहरी पर्साले पक्राउ गर्न सफलता पाएका छन् । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलीले पर्साको बिरगंजबाट ठूलो परिमाणको घरेलु मदिरा नियन्त्रणमा लिएका छन् । सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी नायव (उपरीक्षक) (डिएसपी) पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोलीले पर्साको नगवातर्फ लैजादै गरिएको ठूलो परिमाणको घरेलु मदिरा नियन्त्रणमा लिएको हो ।
प्रदेश ०१–००१ ह १२२४ नम्बरको ई–रिक्सामा लोड गरी लैजादै गरिएको ६१५ लिटर घरेलु मदिरा (रक्सी) सशस्त्र प्रहरीले बरामद गरका छन् । बरामद मदिराको बजार मूल्य करिब रु. ६१,५००।– रहेको सशस्त्र प्रहरी पर्साले जनाएका छन् ।
सो मदिरा ओसारपसारका लागि प्रयोग गरिएको ई–रिक्सा समेत बरामद गरिएको छ, जसको मूल्य करिब रु. २,५०,०००।– आँकलन गरिएको छ।
घटनामा संलग्न पर्सा जिल्ला बीरगंज महानगरपालिका–१६, नगवा बस्ने अन्दाजी २५ वर्षीय कृष्णा पटेललाई समेत सशस्त्र प्रहरी नियन्त्रणमा लिइएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles