सशस्त्र प्रहरी बलमा जागिरको अवसर, जवानदेखि भान्सेसम्म ८४६ जनाको सशस्त्र प्रहरीले माग गरेको छ ।
सशस्त्र प्रहरी बलले नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको
जनाएको छ ।
सशस्त्र प्रहरी बल मानवस्रोत विभागले आज शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्तको आह्वान गरेको हो ।
सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह र साधारण उप-समूहतर्फ दरखास्त आह्वान गरेको छ।
आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन पाइनेछ ।


