





प्रहरी उपरीक्षक (एसपी) राजकुमारज्यूका घुमुवाहरू छानबिनका लागि प्रदेशमा तानिएका छन् ।
नेपाल प्रहरीको मधेस प्रदेश स्थित कार्यालयका प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदीले पथलैया स्थित ट्राफिकका केही प्रहरी उपर छानबिन शुरू गरेका छन् । पथलैया स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले रकम उठाउन परिचालन गरेका घुमुवाहरू माथि उनले छानबिन गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले जस्तो ट्राफिक प्रमुखले पनि घुमुवाहरू खटाएर रकम उठाउने गरेको उजुरी र प्रमाणहरू भेटिए पछि डिआइजी चतुर्वेदीले छानबिन शुरू गरेका हुन् ।
एसपी सिलवालले रकम उठाउनको लागि नै भनेर सहायक हवल्दार रवि राई र रोशन नाथलाई घुमुवाको रूपमा परिचालन गरेको उजुरी परे पछि डिआइजी चतुर्वेदीले छानबिन शुरू गरेको थाहा भएको छ । साथै जागिर खाएदेखि लामो समय पर्सा र पथलैया ट्राफिक प्रहरी कार्यालय बसेर धेरै बदनामी कमाएका हवल्दार रमेश यादवलाई पनि छानबिनका लागि तानेका छन् । राई र यादवलाई बिहीबार १० बजे मधेस प्रदेश प्रहरी कार्यालय धनुषामा हाजिर हुने गरि तानिएको छ । तर एसपी सिलवालले मुख्य घुमुवाको रूपमा परिचालन गरेका सहायक हवल्दार रोशन नाथ भने अझै तानिएका छैनन् । हवल्दार रमेश यादव पर्सा ट्राफिकमा लामो समय कार्यरत रहदा प्रायः सधै लाइसेन्सको ट्रायलमा गएर सेटिङमा पास गराउने गरेको भनेर धेरै बदनाम भएका थिए । केही दिन अघि अर्का नवीन बस्नेत पथलैयाबाट तानिई सकेका छन् ।
एसपी सिलवालले परिचालन गरेका घुमुवाहरूले हेटौंडाका गाईगोरूका कारोबारी भीम सुनार लगायतको समूहसंग डिआइजी चतुर्वेदीलाई बुझाउनु पर्छ भन्दै डिआइजीको नाममा मासिक १ लाख रूपैयाँ लिने गरेको र यसरी रकम लिएको चार महिना भएको समेत थाहा पाएपछि डिआइजी अनुसन्धान र कारबाहीमा उत्रिएका हुन् ।लुम्बिनी प्रदेशबाट अहिले गाईगोरूको तस्करी कावासोती , चितवन , हेटौंडा , पथलैया हुदै पूर्व तिर लैजाने गरिदै आएको छ । चितवन देखि हेटौंडा , पथलैया हुदै पूर्व पठाउने काम भीम सुनारले गर्दै आएका छन् । उनले प्रहरी र ट्राफिक प्रहरीलाई मिलाएर यो धन्दा गर्दै आइरहेका छन् । डिआइजीको नाममा गाईगोरूको रकम उठाउने जस्तो घृणित कार्य गरेको थाहा पाएपछि चतुर्वेदी छानबिन र कारबाहीमा उत्रिएका हुन् ।
पथलैया ट्राफिकले आईजिपीको नाममा मधेस प्रदेश सम्पुर्ण जिल्लाबाट दैनिक दुई लाख ८० हजार उठाउने गरेको रहस्य बाहिर आएको छ। प्रहरी महानिरीक्षकलाई समेत रकम पठाउनुपर्ने भन्दै घुमुवाको रूपमा परिचालन गरेको प्रहरी श्रोतको दावी छ।
चाेरीकाे स्कारपियाे प्रयोग
चाेरीका सवारीसाधन पक्राउ गरेपछि भन्सार बुझाउनु पर्ने कानुनी व्यवस्था छ । भन्सारमा बुझाए पछि भन्सारले लिलाम गर्छ र देशलाई राजश्व प्राप्त हुन्छ । तर प्रहरीले नै चाेरीकाे साधन पक्राउ गरेर भन्सार नबुझाई आंफुले व्यक्तिगत रूपमा प्रयोग गरेको भेटिएको छ । पथलैया स्थित ट्राफिक प्रहरीका प्रमुख एसपी राजकुमार सिलवालले चाेरीकाे स्कारपियाे गाडी पक्राउ गरेर भन्सार नबुझाई व्यक्तिगत रूपमा प्रयोग गरिरहेका छन् ।
यो गाडी चाेरीकाे हो ।
यो, समाचार नव जनप्रहारबाट


