पर्साका प्रहरीले पर्साका वीरगन्ज महानगरबाट लाखौँ लाख रकमसहित दुई जना हुण्डी कारोबारीलाई पर्सा प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा पर्साका बिरगंज महानगरपालिका वडा नं. २ घुसुकपुरटोलको ईदगाह चोकबाट १४ लाख १३ हजार पाँच सय श्रोत नखुलेको रकम सहित वीरगन्ज महानगर – २ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नगरपालिका वडा नम्बर ४ बगम्मरपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई नियन्त्रणमा लिएको पर्साका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज बजार क्षेत्रमा लामो समयदेखि हुण्डी कारोबारको ठुलो सञ्जाल रहेको थियो,पर्साका प्रहरीले आज बिहीबार विशेष सूचनाका आधारमा प्रहरीको छुटै टोलीहरु परिचालन गरी बीरगंजको इदगाह चौकबाट दुईवटा मोटरसाइकल चेकजाँच गर्दा साहले चलाएको मोटरसाइकलबाट १० लाख र ठाकुरले चलाएको मोटरसाइकलबाट ४ लाख १३ हजार ५ सय श्रोत खुल्न नसकेको रकम बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख गौतम मिश्राले बताएका छन् ।
पर्साका वीरगन्जमा हुण्डी कारोबारको सञ्जाल बढ्न थालेपछि त्यसको जालो भत्काउन पर्सा प्रहरीले अभियान नै चलाएका छन् । गएको महिनामा २८ लाख रुपैयाँ सहित तिन जना कारोबारीलाई पर्सा प्रहरीले पक्राउ गरेको थियो, पक्राउ पर्नेमा पर्सा जिल्लाका पकाहामैनपुरका अनिल कुमार बर्णवाल, र पर्साका वीरगन्ज आदर्शटोल बस्ने बिनित कुमार श्रीवास्तव तथा बारा जिल्लाको परवानीपुरका दिपक कुमार सोनारलाई २८ लाख २८ हजार नगद सहित नियन्त्रणमा लिएका थियो, पर्साका प्रहरीले बताउँछन् ।
हुण्डी कारोबारमा पक्राउ परेका दुवै जना हुण्डी कारोबारी भएकाले पर्साका प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गाैतम मिश्रले बताएका छन् ।
यो दुवै घटनाले पर्साका वीरगन्ज महानगरपालिकामा हुण्डी कारोबारको सञ्जाल निकै सक्रिय रहेका छन्” बुझ्नुपर्छ ।


