Saturday, September 13, 2025

पर्साका भिस्वा-सिकटा नाकामा कडाईका साथ चेकजाच सुरु:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका भिस्वा- सिकटा नाकामा सुरक्षाकर्मीद्वारा कडाइका साथ आज देखि मुल गेटमा चेक जाच्नेकाम सुरुवात भएको छ । आवतजावतमा कठिनाई भएको स्थानीयहरुको भनाई रहेको छ ।

जेन–जी आन्दोलनको प्रभावका कारण पर्सा को भिस्वा र भारतको सिकटा नाकामा आज देखि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । प्राप्त जानकारीअनुसार नेपाल प्रहरीको टोली भिस्वाबाट अस्थायी रूपमा हटे पनि सशस्त्र प्रहरी बल भने नाकामा तैनाथ रहँदै कडाइका साथ सुरक्षा चेक जाचमा निगरानी बढाएका छन् ।

भारततर्फ जाने नेपाली नागरिकहरुको नागरिकता माग गरेको भारतीय सीमा सुरक्षा बल (SSB) ले कठोर रूपमा जाँच गरिरहेको छ । कडाइका कारण नाकाबाट यात्रु तथा सवारीसाधनहरुको आवतजावत अत्यन्त कठिनाई भएको स्थानीयवासीहरूले बताउँछन् ।
सीमाक्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखी दुवै देशका सुरक्षा सुरक्षाकर्मीहरूले उच्च सतर्कतामा अपनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles