
जिल्ला प्रहरी कार्यालय पर्साका नयाँ नियुक्त पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले पर्सा जिल्लामा शान्ति सुरक्षा चुस्त–दुरुस्त राख्ने उद्देश्यले एकै दिनमा ठूलो कारबाही गरेका छन् । उनका अनुसार पर्सा प्रहरीले स्विप अपरेसनमार्फत विभिन्न स्थानबाट ४९ जनालाई नियन्त्रणमा लिएको जनाएका छन् । पक्राउ पर्नेहरूमाथि संकास्पद गतिविधि, र अवैध क्रियाकलाप तथा अपराधमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको पर्साका प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि पर्साका प्रहरी हिरासतमा राखिएको जनाइएको छ ।