




पर्साका सशस्त्र प्रहरी बल नेपालीले प्रतिबन्धित ब्रोइलर चल्ला सहित मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ,
सशस्त्र प्रहरी बल, पर्साले पर्साका धोबिनी गाउँपालिका–२ असवारी नाकाबाट भारतबाट अबैध रूपमा भित्र्याइएका प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरी बल नं.१३ गण हे.क्वा पर्सा अन्तर्गतमा पर्ने सशस्त्र प्रहरी गुल्म भिखमपुर,तथा अलौ र बीओपी, र मिर्जापुरबाट खटिएको २१ जनाको संयुक्त टोलीले ना ८ प ६६२४ नम्बरको मोटरसाइकलमा लुकाइछुपाइ ल्याइएका चल्ला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जनाएका छन ।
करिब १० हजार गोटा (१०० कार्टुन) प्रतिबन्धित चल्ला नेपाल प्रहरी, र स्थानीय पत्रकार, तथा क्वारेन्टाइनका प्रतिनिधिहरु र स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुर परिसरमा खालटो खनी नष्ट गरिएको छ ।
सो क्रममा प्रयोग गरिएको मोटरसाइकल भन्सार बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी)तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन् ।