Sunday, November 23, 2025

प्रहरी उपरीक्षक एसपी दिपकद्वारा निरीक्षण कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपक श्रेष्ठले कार्यालयमा पाल्नु भई कार्यालय परिसर, व्यारेक, मेष तथा कार्यरत प्रहरी कर्मचारीहरुको टर्नआउट लगाएत कार्यालयका सम्पुर्ण शाखाको निरीक्षण अनुगमन गर्नु भएको छ।
निरीक्षणको क्रममा उहाँले सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई उच्च अनुशासनमा रही जनमुखी प्रहरी सेवा प्रवाह गर्न निर्देशन प्रदान गर्नुका साथै फरार प्रतिवादी पक्राउ, सवारी दूर्घटना न्युनिकरण, नदीजन्य पदार्थको अवैद्य उत्खनन तथा ओसार पसार, अवैद्य काठ तस्करी, अवैद्य भन्सार छली, लागुऔषध ओसारपसार लगाएतका क्रियाकलापहरुमा कडाईका साथ नियन्त्रण गर्न तथा कार्यसम्पादन सम्झौतामा उल्लेखित लक्ष्यहरु समयमानै पुरा हुने गरी कार्यसम्पादन गर्न निर्देशन समेत दिनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles