सर्वोच्च अदालतका सबै इजलास पूर्णरूपमा सञ्चालनमा आएका छन्।गत भदौ २४ को आगजनीपछि सीमित इजलासमा मुद्दाको पेशी तोकेर सुनुवाइ गर्दै आएकोमा सोमबारदेखि थप ६ वटा इजलास सञ्चालनमा आएका हुन् ।
जेनजी आन्दोलनपछि गत भदौ २४ गते सर्वोच्चमा आगजनीका कारण इजलास गठन गर्न समस्या हुँदै आएको थियो। इजलास बस्ने ठाउँ अभावका कारण हाल सीमित मुद्दाको मात्रै पेशी तोकेर सुनुवाइ हुँदै आइरहेको थियो।
आजदेखि सर्वोच्चको एनेक्स भवनबाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालन हुनेछ।संवैधानिक इजलास पनि नयाँ भवनमा हुनेछ । सर्वोच्च अदालतमा हाल २१ न्यायाधीश छन् तर जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण पूर्णरूपमा इजलास सञ्चालन हुन सकेको थिएन। ५० प्रतिशत क्षमतामा मात्रै काम भइरहेको थियो।


