सह महामन्त्री फ़र्मुल्लाह मन्सूर
नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री फ़र्मुल्लाह मन्सूरले आगामी प्रतिनिधि सभा निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्। स्थानीय कार्यकर्ताहरूको भेला तथा शुभेच्छुकहरूको उपस्थितिमा मन्सूरले जनताको विश्वास, समर्थन र समस्याको समाधानका लागि सक्रिय रूपमा जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरे।
उनले बारा–३ को समग्र विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा शान्ति–सुरक्षाको प्रवर्द्धनलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताए। मन्सूरका अनुसार विगतका सरकारहरूले बारा–३ लाई पर्याप्त प्राथमिकता नदिएको हुँदा जनताले भोग्दै आएको समस्याहरूलाई स्थायी समाधान गर्न आफू सक्षम र प्रतिबद्ध रहेको उनको दाबी छ।
कार्यक्रममा उपस्थित स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूले मन्सूरको उम्मेदवारी स्वागत गर्दै आगामी चुनावमा कांग्रेसलाई बलियो ढंगले उभ्याउने प्रतिवद्धता जनाएका छन् ।


