


प्रदेश प्रमुख दशरथ झाको गरिमामय उपस्थितिमा वीरगञ्जमा अभिकर्ता पुनर्ताजगी तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको जनाइएको छ । पर्साका महानगरपालिकामा रहेको होटल भिस्वा, वीरगञ्जमा आयोजित उक्त कार्यक्रममा वीरगञ्ज शाखामा कार्यरत सक्रिय अभिकर्ता, BC, एजेन्सी म्यानेजर तथा सिनियर एजेन्सी म्यानेजरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य अभिकर्ताहरूको पेशागत दक्षता अभिवृद्धि गर्नु, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु तथा संस्थागत लक्ष्य प्राप्तिमा अभिकर्ताहरूको भूमिकालाई सुदृढ बनाउनु रहेको आयोजकले जनाएका छन् । तालिमका क्रममा बीमा तथा वित्तीय सेवासम्बन्धी अद्यावधिक जानकारी, व्यवसाय विस्तारका रणनीति, ग्राहक सेवामा गुणस्तर वृद्धि र अभिकर्ताको आचारसंहिता सम्बन्धी विषयहरूमा विस्तृत प्रशिक्षण प्रदान गरिएको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख दशरथ झाले अभिकर्ताहरू वित्तीय पहुँच विस्तारका महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्नुभएको छन् । उहाँले अभिकर्ताहरूको क्षमता विकासले सेवाग्राहीमा विश्वास बढ्ने र संस्थाको दीर्घकालीन सफलता सुनिश्चित हुने बताउनुभएको छ । साथै, पेशागत इमान्दारिता, पारदर्शिता र उत्तरदायित्वका साथ कार्य गर्न अभिकर्ताहरूलाई उहाँले आग्रह गर्नुभयो हो ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूले तालिमले आफ्नो कार्यक्षमता बढाउन सहयोग पुगेको प्रतिक्रिया दिएका छन् । उनीहरूले यस्ता पुनर्ताजगी तालिमहरू नियमित रूपमा सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याएका छन्।
आयोजक पक्षले भविष्यमा पनि अभिकर्ताहरूको सीप तथा ज्ञान अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी पनि दिएका छन् ।


