Monday, April 27, 2026

पर्सा प्रहरीद्वारा छापा ४ करोड ७७ लाख भन्दा बडीको सुपारी बरामद:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले बिरगंज महानगरपालिका वडा-१६ बाइपास रोडको इनार्वा चौकस्थित एक गोदाममा छापामारी गरी ठूलो परिमाणमा सुपारी बरामद गरेको छ ।

प्रहरीले दुई वटा कन्टेनरमा लोड गरिएको सुपारी तथा गोदामभित्र भण्डारण गरिएको अन्दाजी ९ सय बोरा सुपारी नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको पर्साका प्रहरी प्रमुखले जनाएको छन् ।

पर्सा प्रहरीका अनुसार बरामद गरिएको सुपारीको अनुमानित बजार मूल्य करिब ४ करोड ७७ लाख ४० हजार रुपैयाँ रहेको बताउँछन् । अवैध रूपमा सुपारी भण्डारण तथा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले उक्त गोदाममा छापामारी गरेको पर्सा प्रहरीले जनाएको हो।

छापामारीका क्रममा सुपारीसँग सम्बन्धित भन्सार तथा कानुनी कागजातहरू शंकास्पद देखिएको प्रहरीले जनाएको छ। आवश्यक कागजातको अभाव र प्रक्रिया पूरा नभएको आशंकामा सुपारी नियन्त्रणमा लिई अनुसन्धान थालिएको हो। सुपारी कसको स्वामित्वमा रहेको हो, कहाँबाट ल्याइएको हो र कुन उद्देश्यका लागि भण्डारण गरिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यस घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान, अवैध कारोबारको सञ्जाल र आर्थिक लेनदेनबारे पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । अनुसन्धानको क्रममा थप तथ्य र प्रमाण फेला परेमा सम्बन्धित व्यक्ति विरुद्ध प्रचलित कानुन अनुसार कारबाही अघि बढाइने पर्सा प्रहरीले जानकारी दिएको छ।

पर्सा प्रहरीले जिल्लाभित्र अवैध कारोबार, तस्करी तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि नियमित अनुगमन र छापामारीलाई निरन्तरता दिइरहेको पनि जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles