
सशस्त्र र नेपाल प्रहरीको मिलेमतोको महोत्तरी जिल्लाको रघुनाथपुर र पोखरभिन्डा क्षेत्रमा ठूलो मात्रामा राजस्व छलि तस्करी भईरहेको स्थानीयवासीहरूले आरोप लगाएका छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको मिलेमतोमा भारतीय बजारबाट चिनी, काजु, जिरा,कपडा,किरानालगायतका सामग्री नेपाल भित्र्याइँदै गर्दा पनि सम्बन्धित निकाय मौन रहेको स्थानीयहरुले गुनासो गरेको छन् ।
स्थानीयका अनुसार बिओपी. पोखरभिन्डा र रघुनाथपुरमा सशस्त्र प्रहरी बलको क्याम्प रहेको छ भने नेपाल प्रहरीको चौकी रहेका छन् । दुवै सुरक्षाकर्मीहरु मिलोमतोमा तस्करी भएका छन् ।
स्थानीय अनुसार बिहानदेखि साँझसम्म भारतीय बजार भगवतीपुरबाट चिनीलगायतका तस्करीका समान नेपाल ल्याउने काम खुलेआम भइरहेको स्थानीय बताउँछन् ।
पोखरभिडण्डा नाका हुँदै तस्करी भइरहेको विषयमा पटक–पटक समाचार आए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा तस्करी रोकिएको छैन । स्थानीयवासीहरूका अनुसार सुरक्षा निकायको सक्रियता नदेखिँदा तस्करहरूको मनोबल बढेको बताउँछन् ।


