Tuesday, April 28, 2026

भारतको बिहार रक्साैलदेखि नेपालको काठमाडौ सम्म रेल:-

ताजा / भरखरै प्राप्त

भारतको बिहार राज्यको रक्सौलदेखि नेपालको संघीय राजधानी काठमाण्डुसम्मको नयाँ रेलवे मार्गको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार भएको बताइन्छ । भारतीय रेलवेका अधिकारीहरूका अनुसार अन्तरदेशीय रक्सौल–काठमाण्डु रेल मार्गको लामो समयदेखि योजनामा रहेको डीपीआर तयारीको अन्तिम चरणमा पुगेको छ र आगामी जनवरी २०२६ मा हस्तान्तरण गरिने जनाइएको छ ।
यो रेलमार्ग सञ्चालनमा आएपछि रक्सौलदेखि काठमाण्डुको दूरी ३ घण्टामा पूरा गर्न सकिनेछ बताइन्छ ।
हाल सडकमार्गबाट यही दूरी तय गर्न ६–७ घण्टा लाग्नगरेको छ । परियोजनाको कुल बजेट करिब २५ हजार करोड भारतीय रुपैयाँ लाग्ने बताइएको छ । निर्माण हुने रेलमार्गमा कुल १३ रेलवे स्टेशन, ४२ किलोमिटर सुरुङ मार्ग र १२४ वटा पुल निर्माण हुने भारतको कोंकन रेल्वेका अधिकारीहरूले जनाएका छन् । प्रस्तावित ब्रोडगेज रेललाइनमा रेलको गति प्रति घण्टा १२० किलोमिटर रहनेछ । भविष्यमा यस रेलमार्गलाई भारतको राजधानी नयाँ दिल्ली र काठमाण्डुसम्म जोड्ने योजना पनि रहेको बताइएको छ । यसलाई ‘दिल्ली–काठमाण्डु ट्रेन सर्भिस’को रूपमा क्षेत्रीय रेल नेटवर्कमा विकास गर्ने योजना रहेको कोंकन रेल्वेका अधिकारीहरूले बताएका छन् । रेलमार्ग रक्सौलदेखि जीतपुर, निजगढ, शिखरपुर, सिस्नेरी र सतीखेल हुँदै काठमाण्डुको चोभारसम्म पुग्ने छ । रेल सेवालाई यात्रुवाहक मात्र नभई मालवाहक रेलका रूपमा पनि सञ्चालन गरिने बताइएको छ । यसबाट भारत र तेस्रो मुलुकबाट नेपाल आउने मालसामानको ढुवानी लागत पनि कम हुने अपेक्षा गरिएको छ । हाल नेपालमा बिहारको जयनगरदेखि जनकपुर हुँदै महोत्तरी जिल्लाको भँगहासम्म ४५ किलोमिटर रेलमार्ग मात्र सञ्चालनमा रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles