Tuesday, April 28, 2026

पर्सा प्रहरीद्वारा २४० किलो चरेससहित दुई युवकलाई पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागू औषध चरेसस ट्रकहित दुईजना पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
ना.३ख ५०९३ नम्बरको ट्रकचालक मकवानपुरको थाहा नगरपालिका– ११ का २९ वर्षीय सरोज मोक्तान र सोही ठाउँका २१ वर्षीय नवराज लो रहेकाे पर्साका प्रहरीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकका अनुसार विशेष सूचनाको आधारमा ट्रक चेकजाँच गर्दा ट्रक माथि फल्स बनाई लुकाएको २४० किलो चरेस बरामद भएको हो। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताएका छन् ।

पर्सा प्रहरीका अनुसार शनिबार साँझ ८ बजेको समयमा वीरगन्ज महानगरपालिका – २२, जगरनाथपुर ढाट अगाडिबाट उनीहरूलई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुखले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles