
सुनिल श्रेष्ठ ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नयाँ नेतृत्वका रूपमा डीआईजी गोविन्द थपलियाले सम्हालेका लगभग ३ महिना लागेको छ ।
अनुभवी र जनमुखी प्रहरी अधिकृतका रूपमा परिचित थपलियाले मधेश प्रदेशमा आफ्नो पहिलो प्राथमिकता शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा स्पष्ट प्रतिवद्ध भएका छन् ।
२०५४ साल चैत १८ गते प्रहरी निरीक्षकका रूपमा सेवा सुरु गरेका गरेका थपलियाले आफ्नो तीन दशकभन्दा बढीको सेवाकालमा संगठनका विभिन्न तह र जिम्मेवारी सम्हाल्दै आएका छन्।
थपलियाले प्रहरी संगठनभित्र आन्तरिक सुधार र कर्मचारी प्रेरणामा विशेष जोड दिँदै आएका छन्। मधेश प्रदेशमा बढ्दो सीमापार अपराध, तस्करी, आर्थिक ठगी र सामाजिक विवादका चुनौतीलाई दृष्टिगत गर्दै थपलियाले प्रहरीको उपस्थिति अझ प्रभावकारी र विश्वसनीय बनाउने योजना अघि सारेका छन्।
मदेश प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारीमा आउन साथ मधेश प्रदेशको जिल्लाहरुको मुद्दा शाखा मा सुधार आएको छ विभिन्न बहाना बनाई फाईल ढिलो चाँडो बुझाउने खेलको अन्त्य भएको छ तथा जिल्ला प्रहरी कार्यालयहरुको बाहिर बिचौलियाहरुको दौडधुप समेत बन्द भएको छ ।
लामो समयसम्म एकै ठाउँमा बसेर घुमुवा प्रहरीको रूपमा परिचित पात्रलाई सम्बन्धित ठाउँबाट डाँडा कटाएका छन भने चेकजाँचको बहाना बनाई भारतीय नम्बरका सवारी साधनलाई ठाउँ पिछे रोकेर दुःख हैरानी दिने कार्य बन्द गर्न ठाडो आदेश गरेका छन ।
मधेस प्रहरी कार्यालय मातहत रहेका हरेक महिला तथा जेष्ठ नागरिक शाखा, ठाडो उजुरी शाखाहरुको काम कर्तव्य कानुन बमोजिम गर्न हरेक जिल्लाको एसपी तथा सम्बन्धित फाँटका ईन्चार्जलाई ठाडो आदेश गरिरहेका छन । मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा आएदेखि तस्करीको जालो तोड्नु साथै पहाडका जिल्लाहरूबाट तराई मधेशतर्फ आउने लागुऔषध गाँजा बरामदी समेत अहिले धमाधम बरामद गरिएको छ । प्रदेश प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलियाद्वारा लागु गरिएको सरुवा, काज मापदण्ड अहिले मधेश प्रदेशमा कार्यरत हरेक प्रहरीको मनमा खुशी ल्याएको छ । यो मापदण्ड अनुसार अब जुनियर अफिसर अर्थात चौकी ईन्चार्ज जान पावर सेन्टर, सोर्सफोर्स, भनसुन अन्त्य भएको छ ।
अब मापदण्ड अनुसार जुनियर अफिसरलाई चौकीको जिम्मेवारी दिने उक्त मापदण्डमा (क), (ख), (ग) छुट्याइएको छ, जस अनुसार (क) बसेको ईन्चार्ज पुनः (क) जाँदैन यसले गर्दा सबै जुनियर अफिसरलाई चौकी थाना जान पालो आउँछ यो कार्य सुरुवात भए पछि, अहिले मधेश प्रदेशमा कार्यरत रहेका ३०० भन्दा बढी (जुप्रअ) हर्षित भएका छन्” मधेश प्रदेशमा कार्यरत एक जना सिनियर प्रहरी अधिकृतका अनुसार यो कार्यबिधि धैरै राम्रो रहेको बताउँछन् ” अब राईट मैन राईट प्लेस जान पाउँछ अनि जिरो टोलरेन्स मा काम गर्न सक्छन् । डिआईजी गोबिन्द थपलिया मधेश प्रदेशको जिल्ला निरीक्षणमा जाँदा आम नागरिक प्रत्यक्ष रूपमा डिआईजी संग भेटेर आफ्नो गुनासो गर्दा उक्त गुनासो गर्ने साथ तुरुन्तै सुनुवाई भइरहेको हुँदा अहिले डिआईजी गोबिन्द थपलियाको राम्रो कार्यको प्रशंसा मधेश प्रदेशको हरेक जिल्लाहरुमा आम नागरिकद्वारा हुनेगरेको छ ।


