Sunday, May 31, 2026

ट्राफिक प्रहरी सहायक हवल्दार हेमराज जोशी सम्मानित:-

ताजा / भरखरै प्राप्त

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत सहायक हवल्दार हेमराज जोशीलाई उत्कृष्ट रूपमा जिम्मेवारी निर्वाह गरेको भन्दै चैतन्य पाठशालाले सम्मान गरेको छ ।
ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा विद्यार्थी–केन्द्रित सचेतनामूलक गतिविधिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई सम्मानपत्र प्रदान गरेको हो ।
जोशीले विद्यालयस्तरमा सडक सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि, ट्राफिक नियम पालना तथा सुरक्षित यात्राबारे निरन्तर रूपमा जनचेतना फैलाउँदै आएका छन् ।
सहायक हवल्दार जोशी धनगढीको ट्राफिक व्यवस्थापनमा अग्रपंक्तिमा रहेर काम गर्दै आएको बताइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles