सानो उमेरमै राष्ट्रिय भावनाको उदाहरण : छपकैया–२ स्थित यतीमखाना मदरसाका विद्यार्थीहरुले राष्ट्रिय गान प्रस्तुत गरेको छन् ।
पर्साका वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया स्थित यतीमखाना मदरसाका साना–साना विद्यार्थीहरूले नेपालको राष्ट्रिय गान सुमधुर स्वरमा प्रस्तुत गरेका छन् ।
कम उमेरका बालबालिकाले आत्मविश्वासका साथ राष्ट्रिय गान गाएको छन् ।
धेरै ठूला पदमा रहेका नेता गणहरुलाई समेत राष्ट्रिय गान सम्झन कठिन हुने सन्दर्भमा यी नानीहरूको प्रस्तुति प्रशंसनीय र प्रेरणादायी बनेको बताइन्छ । मदरसामा उर्दू भाषासँगै नेपाली, अंग्रेजी, हिन्दी, सामान्य ज्ञान तथा राष्ट्रिय गानको शिक्षासमेत दिइँदै आएको जानकारी गराइएको छ।
यस कार्यक्रमले धार्मिक शिक्षासँगै राष्ट्रिय पहिचान, देशप्रेम र अनुशासनको भावना विकास गर्न मदरसा शिक्षाको सकारात्मक भूमिका रहेको स्पष्ट गरेको स्थानीयवासीहरूको भनाइ रहेको छ ।


