कर्णाली प्रदेशको विभिन्न नाकाहरूमा कुकुरसहित कडा चेकजाँच गर्दै नेपाल प्रहरी ।



कर्णाली प्रदेश सुर्खेत उपत्यकाको मुख्य प्रवेश बाहिरिने मार्ग सुब्बाकुना सुर्खेतमा बिभिन्न सवारी साधनहरूमा लागुऔषध तथा हातहतियार ओसारपसार नियन्त्रणमा लिई आसन्न निर्वाचनलाई सुरक्षित गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय सुर्खेत, प्रहरी चौकी सुब्बाकुना सुर्खेत, लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र केनाइन शाखा कोहलपुरबाट खटिएको प्रहरी टोलिद्वारा संयुक्त रूपमा चेकजाँच कार्य कार्यक्रम सम्पन्न भएको कर्णाली प्रहरीले जनाएका छन् ।


