Wednesday, April 15, 2026

भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा:-

ताजा / भरखरै प्राप्त

भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत राज्यपालसमक्ष राजीनामा पेश गरेको जानकारी सार्वजनिक गरेका छन् ।
आफ्नो कार्यकाललाई स्मरण गर्दै उनले सन् २००५ देखि राज्यमा सुशासन स्थापना र विकासका विविध क्षेत्रमा काम गरिएको उल्लेख गरेका छन् ।
उनले शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषि लगायतका क्षेत्रका साथै महिला र युवामुखी कार्यक्रममार्फत राज्यमा समावेशी विकास अघि बढाइएको दाबी गरेका छन् ।


विभिन्न समुदाय, वर्ग र तहका नागरिकको जीवनस्तर सुधारका लागि निरन्तर प्रयास गरिएको उनको भनाइ रहेको छ ।
नितिश कुमार हालै राज्यसभामा निर्वाचित भइसकेका छन् र सो पदका लागि शपथसमेत लिइसकेका छन् । पछिल्लो समय उनी भारतीय जनता पार्टीको समर्थनमा मुख्यमन्त्रीको जिम्मेवारीमा थिए । नितिश कुमारको राजनीतिक यात्रा हेर्दा उनी सन् २००० मा छोटो अवधिका लागि पहिलो पटक मुख्यमन्त्री बनेका थिए। त्यसपछि २००५ देखि २०१४ सम्म निरन्तर नेतृत्व गरेका उनले बीचमा अल्पकालीन अन्तरालपछि पुनः नेतृत्व सम्हाल्दै पछिल्लो पटक ११ वर्ष ५१ दिनसम्म मुख्यमन्त्रीका रूपमा कार्यरत रहेका छन् । साथै राजीनामासँगै उनले आगामी नेतृत्वलाई आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles