Saturday, May 30, 2026

फैसला कार्यान्वयन अभियानमा राैतहट प्रहरीको ठुलो सफलता ८१ जना फरार प्रतिवादी पक्राउ:-

ताजा / भरखरै प्राप्त

राैतहट प्रहरीको कडा अपरेशन प्रहरी उपरीक्षक रिजालको कुशल नेतृत्वमा ‘दुई सातामै ८१ फरार प्रतिवादीहरु पक्राउ परेका छन् ।
राैतहट जिल्लाभित्र विभिन्न आपराधिक गतिविधिमा संलग्न भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी रहेको देखिन्छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाल को निर्देशनमा चलाइएको अभियानअन्तर्गत पछिल्लो दुई सातामै ८१ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् ।
जिल्ला प्रहरी तथा मातहतका युनिटले ६ जना फरार प्रतिवादीलाई जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरेको राैतहट प्रहरीले बताउँछन् ।
पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका राैतहट जिल्लाको देवाही गोनाही नगरपालिका–७ का बिरेन्द्र राम, फतुवा विजयपुर नगरपालिका–४ का रामाप्रवेश महतो, बहुविवाह मुद्दाका यमुनामाई गाउँपालिका–४ का मुन्ना राय भाँट, लेनदेन बिगो मुद्दाका देवाही गोनाही–७ का राम एकवाल बैठा, चेक अनादर मुद्दाका फतुवा विजयपुर–११ का दयानन्द चौधरी तथा बैंकिङ कसुर मुद्दाका चन्द्रपुर–८ का महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी)बसन्त गौतमले बताएका छन्।
गौतमका अनुसार यस अघी जेठ १ गतेदेखि १३ गतेसम्म जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका जिल्ला अदालत राैतहटबाट दोषी ठहर भएका ७५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको डीएसपीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles