Tuesday, October 22, 2024

अष्ट्रेलियाले जित्यो टेष्ट च्याम्पियनसिपअस्ट्रेलियालाई १६ लाख डलर पुरस्कारभारतलाई हराउँदै अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप जितेको छ ।इंग्ल्याण्डको द ओभलमा भएको फाइनलमा भारतलाई २०९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाको पहिलो पल्ट टेष्ट च्याम्पियनसिप उपाधि जितेको हो ।यसअघि पहिलो टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०१९–२१ को सिरिजको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको भारत २०२१–२३ को सिरिजमा अस्ट्रेलियासँग पराजित भएको हो ।पहिलो पारीमा २९६ रन बनाएको भारत दोस्रो पारीमा २३४ रनमा अल आउट भयो ।पहिलो पारीमा ४६९ रन बनाएको अस्ट्रेलियाले ८ विकेट गुमाएर २७० रन बनाएको स्थितिमा पारी समाप्तको घोषणा गर्दै भारतलाई ४४४ रनको लक्ष्य दिएको थियो ।त्यो लक्ष्य पछ्याउने क्रममा भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहोली ४९ रनमा तथा अजिन्क्या रहाने ४६ रनमा आउट भए ।टेष्ट च्याम्पियनसिप उपाधि विजेता अस्ट्रेलियाले १६ लाख अमेरिकी डलर अर्थात २१ करोड १० लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कार पाएको छ ।पराजित भारतले भने ८ लाख डलर मात्र पाएको छ ।यस्तै च्यािम्पयनसिपमा तेस्रो भएको दक्षिण अफ्रिकाले ४ लाख ५० हजार तथा चौथो भएको इंग्ल्याण्डले ३ लाख ५० हजार डलर पुरस्कार पाएका छन् । पाँचौ स्थानमा रहेर श्रीलंकाले २ लाख डलर पाएको छ ।छैटौंदेखि नवौं भएका न्युजिल्याण्ड, पाकिस्तान, वेष्ट इण्डिज र बंगलादेशले समान १ लाख डलर पुरस्कार पाएका छन् ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
सर्लाही लक्ष्मीपुरमा दुई महिलाको हत्या -:सर्लाही । दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट एक लाख नल्याएको भन्दै पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए । यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समय अगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताए । ईदा बुबा मन्सुर साह फकिरले अब्दुल र उनका परिवारले ईदालाई पटक–पटक शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाए । “इदाका पाँच वर्षे छोरा कमलेनले भनेपछि मात्रै हत्या भएको थाहा भयो, शव हेर्न जाँदा ईदाको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको थियो”, बुबा साहले भने । कुटपिटपछि मृत्यु भएकी ईदालाई झुण्ड्याइएको थियो ।घटनामा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । ईदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको प्रहरीको भनाइ छ । साथै वडा नं ६ स्थित लक्ष्मीपुरमा जल्दै गरेको अवस्थामा एकजनाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सोही स्थानमा बस्ने अन्दाजी ४५ वर्षिय इन्द्रकलादेवी साहलाई श्रीमान राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीको भनाइ छ । दाइजोको विषयमा विवाद हुँदा श्रीमानको कुटपिटबाट घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र केही समयपछि मृत्यु भएको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles