Saturday, October 18, 2025

‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ सात प्रदेशका २१ जिल्लामा संचालनसात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट संचालनमा आएको छ । सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालन गरिएको हो ।उक्त सिस्टम कोशी प्रदेश अन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेश प्रदेश अन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेश अन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुर, गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेश अन्तर्गतका रूपन्देही, दाङ र बाँके, कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, सल्यान र दैलेख र सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली, कंचनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
भन्सार छलेकाे डेढ कराेडकाे हार्डवेयर तथा लत्ताकपडा बाेकेको ट्रक र पिकअपबिलविजक भन्दा बढी हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको माल बाहक ट्रक र पिकअप वीरगञ्जबाट काठमाण्डौं तथा बुटवलतर्फ जाँदै गरेको मा पक्राउ परेकाे छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।०१ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १५ गण्डकस्थित सडकखण्डबाट ना.५ ख ६९५९ नम्बरको मालवाहक ट्रक र प्रदेश ३-०१-०२२ च ३५५५ नम्बरको पिकअप गाडी रोकी जाँच गर्ने क्रममा विलविजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो बिलबिजक शंकास्पद देखिएको हुँदा रू. १,४३,६४,०२२।–(एक करोड त्रिचालीस लाख चौसठ्ठी हजार वाईस) प्रहरीले नियन्त्रणमा लिएकाे छ ।साे ट्रक, पिकअप र सो भित्र लोड रहेको लत्ताकपडाहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि २०८०।०४।०१ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जानकारी दिइएकाे छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles