Saturday, April 19, 2025

वीरगंजमा सर्वोच्चको आदेश विरुद्ध प्रदर्शन,रवि लामिछानेको तस्वीर जलाइयो

ताजा / भरखरै प्राप्त

वीरगंज । नागरिकता विहीन नागरिक संघर्ष समिति वीरगंजले ‘जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने तथा आमाको नामबाट नागरिकता दिनुपर्ने’ माग गर्दै वीरगंजमा विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको विरोधमा घण्टाघरमा जम्मा भएका संघर्ष समितिका युवाहरुको समूह नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । सर्वोच्चको अल्पकालीन आदेशले आफुहरु थप पीडामा परेको नागरिकता विहीन नागरिक संघर्ष समिति वीरगंजका अध्यक्ष विवेक रौनियारको भनाई छ ।
राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशन भइसकको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पुर्वाग्रही रहेको उनको आरोप थियो । उनले सर्वोच्चको कदमलाई समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी ओली मधेस विरोधी भएको आरोप लगाए ।

उनले रबि लामिछानेले अमेरिका र नेपाल दुबैको नागरिकता, पासपोर्ट लिन पाउने तर हामी एउटा पनि नागरिकता लिन नपाउने ? हामी यस देशको नागरिक होइनौं ? भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्विर समेत जलाएका थिए । सर्वोच्चले आफ्नो पुर्वाग्रही फैसला तत्काल नसच्याए नागरिकता विहिन लाखौं युवायुवतीहरु अब आत्मदाहको स्थितिमा पुग्न बाध्य हुने आन्दोलनकारीहरुले चेतावनी समेत दिएका छन् ।
सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेकाले नयाँ नागरिकता ऐन अनुसार सोमबारदेखि हुने भनिएको नागरिकता वितरण कार्य जिल्ला प्रशासन कार्यालय पर्साले रोकेको छ ।
सोमबारदेखि ऐन अनुसार नयाँ नागरिकता वितरणको लागि जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार नै एक सूचना जारी गरेको थियो । तर आइतबार नै सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले नागरिकता ऐन कार्यन्वयन नगर्न आदेश दिएकोले नयाँ नागरिकता वितरण कार्य रोकिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

देशको दुवै सदनबाट दुई/दुई पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरेका थिए । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ ऐनअनुसार नागरिकता वितरण गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गैरसंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ भने अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाएको छ ।

Previous article
Next article
राजश्व छलीका अबैध सामान, सवारी साधन सहित २ जना मानिस पक्राउललितपुर ।ललितपुर लपु.म.न.पा.वडा नं.-२६ चिवहालमा प्रहरी बृत चापागाँउबाट नियमित चेकजाँचको लागि खटिएको प्रहरी टोलीले सवारी साधन तथा मानिस चेकजाँच गर्ने क्रममा अगाडी सिसामा प्रेस लेखिएको स्टिकर टासेको सवारी साधनभित्र म्याद सकिएको प्रेस परिचय-पत्र वाहक सवार ब्यक्तिहरु चढेको पिकअपमा अस्वभाविक सामानहरु भेटिए पछि शंका लागि चेकजाँच गर्दा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु, कत्थासमेत अन्दाजी मुल्य २०,७३,५९० (अक्षरीमा बीस लाख त्रिहत्तर हजार पाँच सय नब्बे) बराबरको अबैध सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास थान-३, बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको ISUZU पिकअप गाडी सहित रितपुर्बक बरामद गरी निम्न मानिसहरुलाई बरामदी दशी सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाईएको छ।पक्राउ परेकोमा बारा जितपुर सिमरा उ.म.न.पा.१४ डुम्बरवाना बस्ने दुर्गा प्रसाद लामिछानेको छोरा बर्ष ३४ को दिपक प्रसाद लामिछाने चालक र भारत बिहार राज्य, मोतिहारी जिल्ला, छतौनी ग्राम पञ्चायत वडा नं.११ बस्ने राम ईकवाल प्रसाद चौरासियाको छोरा बर्ष २८ को सचिन कुमार चौरासिया छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles